एमाले सांसद टुका भद्रा हमालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नि:सर्त रिहाइको माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेन–जी आन्दोलनका क्रममा हेलचेक्र्याइँका कारण युवा मृत्यु भएको आरोपमा प्रहरीले हिरासतमा राखेका यी नेताहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गरेकी हुन्।
उनले बैठकमा भनिन्, ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बिना सर्त रिहाइको माग राख्दछु।’ साथै उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट निर्वाचित सांसदबीच विभेद हुनु नहुने पनि बताइन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया