५०० किमि रेन्ज दिने एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य कति रुपैयाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
५०० किमि रेन्ज दिने एलईभी ०१ ईभीका दुई भेरिएन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य कति रुपैयाँ ?

एलएस अटोको एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्रिएको छ। नेक्सन भेन्चर प्रालिले स्ट्यान्डर्ड (६१.९५ लाख रुपैयाँ) र कम्फर्ट (६९.९५ लाख रुपैयाँ)) गरी दुई भेरिएन्ट सार्वजनिक गरेको हो। ६७.१२ किलोवाट-आवरको ब्याट्री तथा ९९ किलोवाटको मोटरयुक्त यस गाडीले ५०० किमि रेन्ज प्रदान गर्छ। नेपालका बाटोलाई ध्यानमा राख्दै २१० एमएम ग्राउन्ड क्लियरेन्स राखिएको छ।

यसमा १० एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, क्रूज कन्ट्रोलजस्ता सुरक्षासुविधा छन् भने प्यानोरामिक सनरूफ, ३६०° क्यामेरा, वायरलेस चार्जिङ, मल्टी ड्राइभ मोड जस्ता विशेषताहरू दिइएका छन्। युरो एनक्यापबाट ५-स्टार सुरक्षा रेटिङ पाएको यस गाडीमा ८ वर्ष वा १.५ लाख किमि वारेन्टी छ।

कम्पनीले २०२५ मा एलईभी ०३ र एलईभी ०५ मोडेल ल्याउनेछ। नेपालभर चार्जिङ पूर्वाधार विस्तार गर्ने योजनासहित काठमाडौंको बालुवाटारमा शोरुम खुलिसकेको छ भने ललितपुरको बालकुमारीमा अर्को शोरुम खोल्न लागिएको छ।

Stay Updated With 85 https://bajarkochirfar.com/two-variants-of-the-lev-01-ev-with-a-range-of-500-km-have-been-launched-in-the-nepali-market-how-much-is-the-price | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स