बालेन सरकारमा १३ दिनको अन्तरालमा दुई मन्त्रीको ‘विकेट’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ९ गते
बालेन सरकारमा १३ दिनको अन्तरालमा दुई मन्त्रीको ‘विकेट’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। उनीहरूको कार्यशैली र व्यक्तिगत आर्थिक पारदर्शितामाथि उठेका प्रश्नका कारण दुवै मन्त्रीले पद छोड्नुपरेको हो।

यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदबाट बाहिरिएका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा संलग्न गराएको आरोपपछि उनी विवादमा परेका थिए। सोही विषयलाई लिएर उनको पार्टी रास्वपाले प्रधानमन्त्रीलाई फिर्ता बोलाउने सिफारिस गरेको थियो, जसका आधारमा उनलाई पदबाट हटाइएको थियो।

हालै गृहमन्त्री सुधन गुरुङले पनि राजीनामा दिएका छन्। उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार पद त्याग गरेका हुन्। केही दिनअघि सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई अस्वाभाविक भन्दै आलोचना भइरहेको थियो। त्यहीबीच माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरिएको लगानीबारे थप विवरण बाहिर आएपछि विवाद झन् बढेको थियो।

साथै, उनले सञ्चालन गरेको सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत आएको सहयोग रकम व्यक्तिगत खाताबाट कारोबार गरिएको भन्ने आरोपसमेत सार्वजनिक भएको थियो। यी विभिन्न विवादपछि बढ्दो दबाबका बीच गुरुङले अन्ततः राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स