दुई विकास बैंक परे राष्ट्र बैंकको कारबाहीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १४ गते
दुई विकास बैंक परे राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले निर्देशन पालना नगरेको भन्दै दुई विकास बैंकमाथि कारबाही गरेको छ। लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको सेवासुविधा दोहोरिनियुक्तिपछि छोटो अवधिमै वृद्धि गरी राष्ट्र बैंक ऐनको दफा २९(७) विपरीत कार्य गरेको ठहर भएको हो। यस कारण बैंकको तत्कालीन सञ्चालक समितिलाई ऐन २०५८ को दफा १००(१)(क) अनुसार सचेत गराइएको छ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ। स्थलगत निरीक्षणमा उक्त बैंकको पुँजीकोष अनुपात आवश्यक न्यूनतम १० प्रतिशतभन्दा ४२.७ प्रतिशतले कम रहेको र पछिल्लो विवरणअनुसार पनि ७.५१ प्रतिशत मात्र पुगेको पाइएको छ। साथै, कर्जा नोक्सानी व्यवस्था यथार्थपरक नभएको, आवश्यक कागजातबिनै कर्जा समयावधि थपिएको र रिपोर्टिङ विश्वसनीय नभएको निष्कर्ष आएको हो।

नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई राष्ट्र बैंक ऐन २०५८ को दफा १००(क) अनुसार नसिहत दिइएको छ। राष्ट्र बैंकले यी कारबाहीलाई नियमन सुदृढीकरण र बैंकिङ अनुशासन कायम गर्न गरिएको बताएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स