नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण मंसिर १५ देखि पुस ६ सम्म चलेको थियो, जसमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन भइरहेको छ। पहिलो उजुरी मंसिर ७ मा टेन्डर प्रक्रियासम्बन्धी अनियमितता बारे परेको थियो भने दोस्रो उजुरी लिग सकिएपछि आएको हो।
अख्तियारले फागुन १२ मा युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठ ११ मा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य रन्जना प्रधानको संयोजकत्वमा छानविन कार्यदल गठन गरे। कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई विभिन्न प्रश्नसहित विवरण मागेको थियो, जसमा क्यानले असार २ मा उत्तर पठाएको थियो। तर कार्यदलले क्यानको जवाफ सतही भएको भन्दै पुनः पाँच प्रश्नसहित पत्र लेख्दै छानविन सकिनुअघि एनपिएल सम्बन्धी कुनै काम नगर्न निर्देशन दिएको छ।
दोस्रो संस्करणका लागि क्यानले खेलाडी रिटेन र रिलिज प्रक्रिया सकेको र आगामी मिनि अक्सन तथा प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको छ। राखेपको छानविन कार्यदलले क्यानलाई पाँच प्रश्न सोधेको छ जसमा सार्वजनिक खरीद ऐन उल्लंघन, बोलपत्र प्रकृया, विदेशी परामर्शदाता नियुक्ति, प्रसारण प्रतिस्पर्धा, र अख्तियारमा दर्ता उजुरीका विषय समेटिएका छन् र क्यानलाई यी विषयमा स्पष्टता दिन कानून बमोजिम कारबाहीको चेतावनी पनि दिएको छ।




















प्रतिकृया