माउन्टेन इनर्जीको दूधखोला जलविद्युत् आयोजनामा दुई बैंकले १० अर्ब बढी लगानी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २५ गते
माउन्टेन इनर्जीको दूधखोला जलविद्युत् आयोजनामा दुई बैंकले १० अर्ब बढी लगानी गर्ने
AdvertisementAds

माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार लिड बैंक एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ तथा सहायक बैंक सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्।

दुवै बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन्। आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ।

प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ।

वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माण तत्काल सुरु गर्ने कम्पनीको तयारी छ। निर्माण सुरु गरेको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य कम्पनीले लिएको छ।

माउन्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाबाट हाल नियमित विद्युत् उत्पादन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स