तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १६ गते
तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
AdvertisementAds

तुँदी पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले म्याग्दी जिल्लामा ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले जलविद्युत आयोजना तथा ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ साल साउन २० गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको जनाएको छ।

उत्पादित विद्युत् राहुघाट जलविद्युत आयोजनाको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स