अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको ट्यारिफ कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा वृद्धि गरिने जनाइएको छ। ट्रम्पले यो निर्णय सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मार्फत सार्वजनिक गर्दै यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ नीति अन्तर्गतको कदम भनेका छन्।
उनका अनुसार दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौता ठीकसँग कार्यान्वयन नगरेको र संसदबाट अनुमोदनमा ढिलाइ गरेको छ, जबकि अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ समयमै घटाइसकेको दाबी गरेका छन्।
यता, दक्षिण कोरियाले ट्यारिफ वृद्धि सम्बन्धी अमेरिकी निर्णयबारे कुनै आधिकारिक जानकारी नआएको जनाएको छ र यस विषयमा तत्काल वार्ता आवश्यक रहेको धारणा व्यक्त गरेको छ।
अमेरिकाले दक्षिण कोरियाबाट मुख्यत: कार, अटो पार्ट्स, सेमिकन्डक्टर, इलेक्ट्रोनिक उपकरण, स्टिल, औषधि तथा लिथियम ब्याट्री आयात गर्ने गर्दछ। ट्यारिफ वृद्धिले दुवै देशका उद्योग र उपभोक्तामा असर पार्ने आँकलन गरिएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया