‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १७ गते
‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला
AdvertisementAds

नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ नामक योजनाका ईकाइहरुको खरिद-बिक्री यहि मंसिर १५ गते सोमबारबाट खुला भएको छ ।

‘एन आई ३१’ नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना  हो ।

यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट  https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद-बिक्री गर्न सकिने जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले एसआईपी मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम एक हजारमा एसआईपी मार्फत ‘एन आई ३१’ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स