दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि (साउन १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख २३ हजार १८५ कित्ता साधारण सेयर निष्काशन गरेको हो। यसअघि आयोजनाबाट प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँड भइसकेको छ।
कम्पनीको जारी पुँजीको ३८.३३ प्रतिशत बराबर कुल ३९ लाख ५० हजार कित्ता सेयरमध्ये कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरिएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको हो।



















प्रतिकृया