सान्भि इनर्जी लिमिटेडको आईपीओ भर्ने भोलि अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरमा २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। यसमा लगानीकर्ताले भोलि बेलुका ५ बजेसम्म न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन्।



















प्रतिकृया