यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १०० कित्ता सेयर बराबर १० कित्ताका दरले १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २३ लाख १० हजार कित्ता सेयर बिक्रीमा ल्याइएको छ, जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ बराबर रहेको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
कम्पनीको हकप्रद सेयरलाई ICRA Nepal ले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।
हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन बिक्री प्रबन्धकको कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, साथै ‘मेरो सेयर’ मार्फत सी–आस्वा प्रणाली प्रयोग गरेर पनि दिन सकिने व्यवस्था गरिएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया