दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेका प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन हो।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
यस्तै, एभरेष्ट कलर लिमिटेडले पनि वैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको थियो। कम्पनीले ७९ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरुका लागि बिक्री खुला गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।




















प्रतिकृया