ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि बिक्री खुला गरेको आईपीओ भर्ने आज फागुन ५ गते अन्तिम दिन हो।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत बराबरको १८ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। यसअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर छुट्याइएको छ। वैदेशिक रोजगारीमा श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

दोस्रो चरणमा, ५ प्रतिशत (९० हजार कित्ता) सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत (५४ हजार कित्ता) कम्पनीका कर्मचारीका लागि, र बाँकी १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB- (डबल बी माइनस) इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सीडीएससीका अनुसार हिजो साँझसम्म यो आइपीओमा ५० हजार २३४ आवेदकबाट १३ लाख ३४ हजार ६८० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.४२ गुणा बढी आवेदन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स