सालपा विकास बैंक लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २५ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
यस चरणमा बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल १ लाख ७२ हजार ३ सय ८८ कित्ता सेयर निष्काशन गरेको छ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरिएको आईपीओको बाँडफाँड सम्पन्न भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ।
नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट प्राप्त अनुमति अनुसार बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशन गर्नेछ। बैंकले यसका लागि गत वैशाख २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया