रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ।कम्पनीले पुस १३ गतेदेखि गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि गर्दै आईपीओ निष्काशन गरेको हो। यस अन्तर्गत कम्पनीले कुल ११ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरेको छ।

आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३, तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन्। यस निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। साथै, नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स