पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ भर्ने आज अन्तिम दिन

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ भर्ने आज अन्तिम दिन

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा उद्योग प्रभावित स्थानीयका लागि आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ। उद्योग प्रभावित स्थानीयले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले पहिलो चरणमा गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने पुस ३० गतेसम्म आवेदन खुला गरिएको थियो।

पाल्पा सिमेन्टले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर अर्थात ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशत बराबर अर्थात १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिएको छ।

उद्योग प्रभावित स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा, साथै सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखामार्फत आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स