भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको थियो।
यसअन्तर्गत, कम्पनीले कुल चुक्तापुँजीको १० प्रतिशत (१० करोड रुपैयाँ) बराबर १० लाख कित्ता साधारण सेयर बिक्री खुलाएको हो। यसमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले सम्बन्धित बैंक, वित्तीय संस्था, तिनका शाखा कार्यालय वा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले पाएको छ। पहिलो चरणको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई जारी भएपछि, दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिनेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया