दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?



दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १६ गते, आइतबार अन्तिम दिन रहेको छ। यस दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले यी बैंकको लाभांश पाउनेछन्।

सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १७ गते, सोमबार, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन्। त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले यस वर्षको लाभांश प्राप्त गर्न सक्ने छैनन्।

सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, सञ्चालक नियुक्ति गर्ने, सामाजिक उत्तरदायित्वका खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा छन्।

सिटिजन्स बैंक इन्टरनेशनलले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस अनुसार, आज (कात्तिक १६) सम्म सेयर खरिद गर्ने लगानीकर्ताले यी दुवै बैंकको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad