सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति आज (वैशाख ४) गते बिहीबार हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि भोलि (वैशाख ५) गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहने सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले १ः०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरिनेछ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ। हकप्रद सेयर जारीपश्चात चुक्ता पुँजी बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया