आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २४ गते, सोमबार अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (कात्तिक २५ गते) बुकक्लोज गर्ने भएको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार गरी नामसार बनेका  सेयरधनीहरूले लघुवित्तको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले मंसिर १२ गते, शुक्रबार, रुपन्देहीको बुटवलस्थित वेष्टर्न एशियन होटल प्रा.लि.मा आफ्नो बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९:३० बजे सुरु हुनेछ।

उक्त सभाले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स