मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३० गते
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ३० गते) अन्तिम दिन हो।

बैंकले भोलि असोज ३१ गतेदेखि बुक क्लोज गर्ने भएको छ। यस कारण असोज ३० गतेसम्म कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकको १९औं वार्षिक साधारण सभा कात्तिक १५ गते बिहान १० बजे पोखरास्थित होटल पोखरा ग्राण्डमा बस्नेछ। सभामा चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यससँगै, अन्य उपयुक्त बैंकसँग मर्जर प्रक्रिया अघि बढाउने, बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक तयारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिको सेवा–सुविधा पुनरावलोकन गर्ने विशेष प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स