मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार गरी सेयरधनी बनेका लगानीकर्ताहरूले बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले मंसिर ६ गते, शनिबार, बिहान ११ बजे धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
त्यससँगै, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिने छन्।








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया