दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिदै?

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिदै?

नेपाल एसबीआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते बिहीबार अन्तिम दिन रहेको छ । दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछन् । पुस ५ शुक्रबार र ६ गते शनिबार परेकाले यी दिन सेयर कारोबार बन्द रहनेछन् । तसर्थ, आज पुस ४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न   सेयर खरिद सक्नुपर्ने हुन्छ सक्नेछन।

नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स