चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ १२) गते अन्तिम दिन हो।
एनएमबि क्यापिटल र सिटिजन्स क्यापिटलले सञ्चालन गर्ने प्रत्येक कम्पनीका २–२ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ को लाभांश वितरण भोलि (भदौ १३) गते बुक क्लोज गरिने भएको छ। यस अनुसार आजसम्म कायम इकाइधनीहरूले यी चार म्युचुअल फन्डको लाभांश पाउनेछन्।
एनएमबि क्यापिटलले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को मुनाफाबाट इकाइधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाइधनीहरूलाई करसहित क्रमशः ८.२५ प्रतिशत र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया