छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १००% हकप्रद सेयर निष्काशन गर्न लागेको छ। यसअन्तर्गत कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल रकम ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ हुनेछ।

यो हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम मिति जेठ १ गते, बिहीबार हो। कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति भोली, अर्थात् जेठ २ गते तोकेको छ।

यसअनुसार, आज (जेठ १) गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स