१०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न कहिले बस्दैछ विजय लघुवित्तको साधारण सभा ?

१०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न कहिले बस्दैछ विजय लघुवित्तको साधारण सभा ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार २६ गते धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा दिउँसो १ बजे आयोजना गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको कुल चुक्तापूँजीको ९.२२ प्रतिशत बराबरको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाको मुख्य एजेण्डामा समावेश गरिएको छ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी पूँजी संरचनामा परिवर्तन गर्ने र आवश्यक परे नियामक निकायको निर्देशनअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

१०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभाको मुख्य एजेण्डामा समावेश गरिएको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

त्यसैगरी, सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिबारे जानकारी समेत सभामा प्रस्तुत गरिनेछ।

सभाका लागि कम्पनीले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स