जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्न आज असार ५ गते बिहिबार अन्तिम दिन हो। कम्पनीले हकप्रद निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आजसम्म सेयरधनीका रुपमा नाम दर्ता गराइसकेकाले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले १:०.६५ को अनुपातमा हकप्रद निष्काशन गर्दैछ, जसअनुसार हालको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको सेयर जारी हुनेछ। कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्दै कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ।
हकप्रद निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। यसका लागि नेपाल धितोपत्र बोर्डले जेठ २६ गते अनुमति प्रदान गरेको थियो।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया