राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज, सोमबार (जेठ ५ गते) हो। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि भोलि जेठ ६ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा १ः१ अनुपातमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ। यस हकप्रद सेयरको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स