एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज कार्तिक २३ गते (आइतबार) अन्तिम दिन हो। कम्पनीले कार्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
यस आईपीओ अन्तर्गत कम्पनीले ४० लाख ७६ हजार १ सय ५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसअघि नै स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर निष्काशन गरिसकेको छ।
सीडीएससीको तथ्यांकअनुसार शनिबार बेलुकासम्म एसवाई प्यानल लिमिटेडको आईपीओमा १६ लाख ८३ हजार २६२ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा १ अर्ब ९६ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५ हजार ९४० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ४.८० गुणा बढी हो।









![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया