हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिन आज (साउन ४ गते) अन्तिम दिन हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने कानुनी व्यवस्था अनुसार बैंकले यो एफपीओ निष्काशन गरेको हो। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढी छ, जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ। अब सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरेर, जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्काशन गरेको हो, जसको कुल रकम १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी हुन्छ।
उक्त एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले हिमालयन बैंकलाई ‘CARE-NP BBB’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ। एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालयहरू वा सि–आस्बा प्रणाली अन्तर्गत ‘मेरो शेयर’ प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँभन्दा बढी पुग्नेछ।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया