गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि निष्काशनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’मा इकाई खरिदका लागि आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। योजना कुल १ अर्ब रुपैयाँको रहेको भए पनि पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई मात्र निष्काशन गरिएको हो। यसमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा बिक्री खुला गरिएको हो।
यो खुलामुखी योजना भएकाले बाँकी इकाईहरू आगामी दिनमा सामूहिक लगानी कोष नियमावली अनुसार निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् भने सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा मोबाइल एपबाट समेत आवेदन दिन सक्ने व्यवस्था रहेको छ।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)


![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)


![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया