सन नेपाल लाइफ इन्स्योरेन्सको करिब २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएकोमा आज साउन ३० गते (सोमबार) आवेदन दिने अन्तिम दिन हो। कम्पनीले असार २३ गतेदेखि उक्त सेयर लिलामीमार्फत बिक्री खुला गरेको थियो।
आज बैंकिङ समयभित्र इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरूले बोलपत्र पेस गरेर खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरमध्ये संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेका छन्। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, तर लगानीकर्ताले सोभन्दा बढी मूल्यमा पनि बोलकबोल गर्न सक्नेछन्।
आवेदन गर्दा संस्थापक समूहमा कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहमा कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ, भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि बोलकबोल गर्न सकिनेछ। लगानीकर्ताले काठमाडौं ठमेलस्थित नेपाल एसबीआई मर्चेन्टको कार्यालय तथा सन नेपाल लाइफका काठमाडौं (पुतलीसडक), विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आफ्ना सेयरधनीहरूलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो, जसअनुसार कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरिएको थियो। यसमध्ये बिक्री नभएका सेयरहरू अहिले लिलामीमार्फत बिक्रीमा राखिएका हुन्।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया