राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज
AdvertisementAds

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि जारी गरेको हकप्रद सेयरमा आवेदन दिन आज (असार २४) अन्तिम दिन हो। कम्पनीले हालको चुक्ता पूँजीको १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँमा निष्काशन गरेको हो।

जेठ ५ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई ‘बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, राप्ती हाइड्रोको कार्यालय, तथा मुक्तिनाथ विकास बैंकका शाखाहरूबाट वा सि-आस्बा र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स