सर्वसाधारणले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

सर्वसाधारणले होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज माघ २६ गते, अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड सकेपछि अहिले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँमा ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन भइरहेको छ।

आईपीओमा आवेदन गर्दा न्यूनतम १० कित्ताबाट सुरु गरी अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

सीडीएससीको तथ्यांकअनुसार आइतबार बेलुकासम्म होटल फरेष्ट इनको आईपीओमा १८ लाख ९४ हजार ६५७ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब १५ करोड ४३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ६.४७ गुणा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स