कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ६ लाख ८४ हजार ७५० कित्ता सेयर बिक्री खुला गरेको हो।
उक्त आइपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार मंगलबार बेलुकासम्म कालिन्चोक हाइड्रोपावरको आईपीओमा २२ लाख २७ हजार ४९३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ६२ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको २ करोड ६२ लाख ५२ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ३८.३३ गुणा बढी हो।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया