कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
सीडीएससीको तथ्यांकअनुसार मंगलबार बेलुकासम्म कालंगा हाइड्रोको आईपीओमा २५ लाख ७४ हजार ७४२ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ८१ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ८१ लाख ५० हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ९.८० गुणा बढी हो।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया