सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि वैशाख १६ गते अन्तिम दिन रहेको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्दैछ। जस अनुसार भोलि वैशाख १६ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।उक्त सभाले १५ प्रतिशत नगद लाभांश दिने बिशेष प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया