ठूलो खोला हाईड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।
फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले चैत ३ गते बिहान ११ बजेदेखि काठमाण्डौस्थित कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने तथा सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।
यसैगरी, कम्पनीको सेयर संरचना परिवर्तन गर्ने, नयाँ परियोजनाहरूको पहिचान गरी लगानी विस्तार गर्न सञ्चालक समितिलाई अधिकार दिने, साथै स्वतन्त्र सञ्चालक तथा अन्य सञ्चालकहरूको निर्वाचन अनुमोदन गर्ने प्रस्तावहरू पनि सभाबाट पारित गर्ने तयारी गरिएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)



प्रतिकृया