नेपाल धितोपत्र बोर्डले एकैदिन ३ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपिओ) निष्काशनको अनुमति दिएको छ। एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएका हुन्।
एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ९० हजार कित्ता आईपिओ निष्काशनको पाएको हो । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता आईपिओ निष्काशनको पाएको हो । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।




प्रतिकृया