नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक–लिम्पियाधुरा विवादबारे भारत र चीनलाई कूटनीतिक माध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरेपछि भारतले त्यसप्रति प्रतिक्रिया जनाएको छ।
भारतको विदेश मन्त्रालयले नेपालले उठाएको दाबीलाई “आधारहीन र ऐतिहासिक तथ्य तथा प्रमाणसँग मेल नखाने” भन्दै अस्वीकार गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालतर्फबाट आएको भनाइलाई मिडिया चासोका रूपमा उल्लेख गर्दै भारतको पुरानो अडान दोहोर्याएका हुन्।
भारतले लिपुलेक भञ्ज्याङ हुँदै सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्रा मार्ग प्रयोग हुँदै आएको दाबी पनि गरेको छ। साथै, नेपालले उठाएको आपत्तिलाई स्वीकार नगर्ने संकेत गरेको छ।
यता चीनबाट भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। भारतले भने नेपालसँग “रचनात्मक संवाद र अन्तरक्रियाका लागि सधैँ खुला रहेको” पनि जनाएको छ।


प्रतिकृया