आज नेप्से परिसूचक २४.५० अङ्कले बढेर २६५७.७७ मा बन्द भएको छ। आज १३ उपसमूह सबै बढेको छ। दिनभर ९ अर्ब ४० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ। यस दिन ३२५ कम्पनीको १ करोड ९६ लाख सेयर कारोबार भएको छ।
आज यो साताको अन्तिम कारोबार दिन रहेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। यस कारण बुधबार र बिहिबार सेयर बजार बन्द रहनेछन्। अब सेयर बजार पुन: आइतबार देखि खुल्नेछ।
नेप्से २४.५० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २४.५० अङ्कले बढ्दा १७७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उपकार लघुवित्त, थ्री स्टार हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर रहेको छ।

नेप्से २४.५० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २४.५० अङ्कले बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: डोलटि हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, भूगोल इनर्जी, सपोर्ट माइक्रोफाइनान्स, र शुभम पावर रहेको छ।


प्रतिकृया