नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। शनिबार निगमले पेट्रोल तथा डिजेल दुबैको खुद्रा बिक्री मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेलमा ३ रुपैयाँ वृद्धि गरिएको छ। मूल्य समायोजनसँगै पेट्रोलको खुद्रा मूल्य १६१ रुपैयाँ प्रति लिटर र डिजेलको मूल्य १४७ रुपैयाँ प्रति लिटर पुगेको छ।
नयाँ मूल्य कार्तिक ३० गते (आज) बिहान १ बजेदेखि लागू भएको निगमले जनाएको छ।
प्रतिकृया