सुनको मूल्य ९ हजार ५ सयले बढ्यो, चाँदीको कति पुग्यो ?

सुनको मूल्य ९ हजार ५ सयले बढ्यो, चाँदीको कति पुग्यो ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ ।

शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी  रु चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Copy of Copy of GOLD SILVER 7 https://bajarkochirfar.com/the-price-of-gold-increased-by-9500-what-is-the-price-of-silver | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स