नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर २ लाख १५ हजार १ सय रुपैयाँमा कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढ्दा तोलाको २५ सय ७० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो। शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ सय ६५ रुपैयाँ थियो।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया