आज मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले र चाँदी प्रतितोला ४५ रुपैयाँले सस्तो भएको हो।
आजको बजार मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको २ लाख ३९ हजार ७०० रुपैयाँको तुलनामा कम हो।
यस्तै, चाँदीको मूल्य पनि घट्दै आज प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन सोमबार भने चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया