अण्डाको मूल्य एक हप्तामै दुईपटक बढ्यो, क्रेटको कति पुग्यो?

अण्डाको मूल्य एक हप्तामै दुईपटक बढ्यो, क्रेटको कति पुग्यो?

अण्डाको मूल्य एक हप्तामै दुईपटक बढाइएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले शुक्रबारदेखि ठूलो र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरेको छ।

यसअघि पुस ५ गते पनि प्रतिक्रेट १५ रुपैयाँले मूल्य बढाइएको थियो। यसरी, एक हप्तामा नै अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढेको छ।

संघका अनुसार अब चितवनमा मिडियम अण्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१४ रुपैयाँ २९ पैसा तोकिएको छ। सात क्रेटको एक पेटी मिडियम अण्डाको मूल्य तीन हजार ५०० रुपैयाँ र ठूलो अण्डाको मूल्य तीन हजार ६०० रुपैयाँ हुनेछ।

चितवनबाट लोड भएर देशभरका बिक्री डिपोमा पुर्‍याउँदा प्रतिपेटी थप १४० रुपैयाँ लाग्ने संघले जनाएको छ, जसमा भाडा, कार्टुन र क्रेटको खर्च समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स