महिला लघुवित्तको संस्थापक सेयर लिलामीमा, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २४ गते
महिला लघुवित्तको संस्थापक सेयर लिलामीमा, कति तोकियो मूल्य ?
AdvertisementAds

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ८४ हजार ५३७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। उक्त सेयरको लिलामी जेठ २३ गतेदेखि खुला गरिएको हो।

यस सेयरमा व्यक्ति तथा संस्थागत लगानीकर्ता दुवैले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ५१५ रुपैयाँ तोकेको छ। त्यसैले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। अधिकतम भने १० अंकले भाग जाने जुनसुकै संख्यामा सेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले बोलपत्र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम मिति असार ७ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स