प्रतिकित्ता १०० रुपैयाँमै निफ्राको संस्थापक सेयर बिक्रीमा

प्रतिकित्ता १०० रुपैयाँमै निफ्राको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले जारी गरेको सूचनाअनुसार प्रचलित व्यवस्था अनुसार संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले हाल उक्त सेयर निफ्राका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा लिखित निवेदन पेश गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारण वा अन्य इच्छुक पक्षलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

2 Comments
Oldest
Newest Most Voted
Jitin kasula
Jitin kasula
1 month ago

Jitin Kasula

keshab parki
keshab parki
1 month ago

Pahira news euta vitra arko public i mean pahila shafe swamita navako le ni kina milne hola vanera khusi vaera news heriyo time wast

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स