धितोपत्र सम्बन्धी कसुरमा ५६ जनामाथि अनुसन्धान हुँदै, सीआईबीको पत्र बोर्डमा

धितोपत्र सम्बन्धी कसुरमा ५६ जनामाथि अनुसन्धान हुँदै, सीआईबीको पत्र बोर्डमा

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा ५६ जनाको कारोबार रोक्का राखी कारोबार विवरण उपलब्ध गराउन धितोपत्र बोर्डलाई लेखि पठाएको छ। दिपक भट्टसमेत प्रतिवादी रहेको केसमा अनुसन्धानका लागि भन्दै विवरण माग गरिएको हो।

हिमालयन रि इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी ब्याङ्कर, हिमालयन क्यापसर्भ लि., क्रेष्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स र हिमालयन लाईफ इन्स्योरेन्सका संचालक, कार्यकारी अधिकृत तथा लगानी समितिका सदस्यहरुको सेयर कारोबारको अनुसन्धान गर्न लागिएको हो।

सम्पत्ती सुद्धिकरण लगायत निजी फाईदाका लागि पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर कारोबार गरेको, झुट्टा कारोबार गरेको, सेयर मूल्य म्यानिपुलेसन गरेको लगायतका आरोपमा अनुसन्धानमा रहेका दिपक भट्ट र सुलभ अग्रवाल हिरासतमै छन्। उल्लेखित कम्पनीका संचालक तथा जिम्मेवार अधिकारीहरुले कम्पनीको रकमलाई अनाधिकृत रुपमा प्रयोग गर्न मतियारको भूमिका खेलेको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको हो।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
dorna
dorna
2 months ago

good job

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स